रौतहटमा सुटकेसभित्र भेटियो महिलाको शव
काठमाडौं । रौतहटको गौर नगरपालिका-९, मुडवलवा गेट नजिकै सडक किनारमा सुटकेसभित्र एक अज्ञात महिलाको शव फेला परेको छ । शनिवार राति बेवारिसे अवस्थामा डोरीले बाँधिएको सुटकेस फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजन कार्की नेतृत्वको टोलीले आइतबार बिहान सुटकेस खोल्दा करिब ३० वर्षीया महिलाको शव कोचिएको अवस्थामा भेटिएको हो । मृतकको पहिचान अझै खुल्न सकेको छैन ।…
सम्पत्ती न्यूज
८ भाद्र २०८२, आईतवार