कांग्रेस कसैको प्राइभेट कम्पनी होइन: गगन थापा
काठमाडौं । देउवा पक्षबाट कारबाहीमा परेका कांग्रेस महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी नभएको बताएका छन् । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै थापाले पार्टी कसैको निजी सम्पत्ति नभएको दोहोर्याए । ‘हामीलाई कारबाही गरिएको सुनेका छौँ । यो पार्टी कसैको प्राइभेट कम्पनी होइन,’ थापाले भने, ‘म ९ कक्षामा पढ्दादेखि नै कांग्रेस हुँ । २०४६ को आन्दोलनमा सहभागी भएँ, २०६२/०६३…
सम्पत्ती न्यूज
१ माघ २०८२, बुधबार