सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डे सिफारिस
काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा दुई जना सिफारिस भएका छन्। शुक्रबार बसेको न्यायपरिषद बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र तुलसीपुका मुख्य न्यायाधीश नित्यतानन्द पाण्डेलाई सर्वोच्च अदालतका लागि सिफारिस गरेको हो। अब संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि उनीहरू सर्वोच्चको न्यायाधीशमा नियुक्त हुन्छन्। सर्वोच्चमा अहिले चार न्यायाधीश पद रिक्त छ। केहीदिनमै प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठले अवकास लिएपछि ५ न्यायाधीश पद खाली हुन्छन्। तर…
सम्पत्ती न्यूज
१२ आश्विन २०८१, शनिबार