संघीय संसद्को हिउँदे अधिवेशन : प्रधानमन्त्री र दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने
काठमाडौँ । यही माघ १८ गतेदेखि सुरू हुने संघीय संसद्को हिउँदे अधिवेशनको कार्यतालिका तयार गरिएको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा आज सिंहदरबारमा बसेको प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतसहितको बैठकले माघ महिनाभरका लागि कार्यतालिका तयार गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सत्तारूढ दल नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले संसद्को हिउँदे अधिवेशनअन्तर्गत कार्यतालिका बनाइएको जानकारी दिए । उनका अनुसार…
सम्पत्ती न्यूज
१४ माघ २०८१, सोमबार