image

सामाजिक सञ्जाल बन्द गर्ने सरकारकाे निर्णय आपत्तिजनक : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको आलोचना गरेका छन् । आलोचना दबाउन सरकारले यस्तो निर्णय लिएको प्रचण्डको आरोप छ । सरकारले बन्द गराएको भनिएको फेसबुकमा पूर्वप्रधानमन्त्री प्रचण्डले लेखेका छन्, ‘वर्तमान सरकारले सामाजिक सञ्जालमार्फत सरकारविरुद्ध गरिएको आलोचना दबाउन निरन्तर मुद्दा लगाउने, आफ्नालाई जोगाउने तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने कार्यलाई निरन्तरता दिएको छ…

सम्पत्ती न्यूज
२० भाद्र २०८२, शुक्रबार