सोलुखुम्बु । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली जनतालाई निरंकुशता स्वीकार्य नभएको बताएका छन्। सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो कुरा बताएका हुन् । उनले शासनमा बसेर गल्ती गर्नेलाई दण्डित गर्ने अधिकार यो व्यवस्थाले नागरिकलाई दिएको पनि बताएका छन् । शासन व्यवस्थालाई बलियो बनाउन र यो व्यवस्थाले नै जनताको भविष्य सुनिश्चित गर्छ भन्ने अनुभव गराउन…