आइतबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सर्यो
काठमाडौं । आइतबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सरेको छ । आइतबार सरकारले काठमाडौं उपत्यकामा सार्वजनीक बिदा दिएपछि बैठक सोमबार दिउसो १ बजे बस्नेगरी सारिएको छ । आइतबार दिउँसो १ बजे बस्ने भनिएको बैठक सोमबार दिउँसो १ बजे बस्नेगरी सारिएको संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
सम्पत्ती न्यूज
१८ श्रावण २०८१, शुक्रबार