काठमाडौं । वाणिज्य बैङ्कहरूले ब्याजदर घटाएका छन् । सञ्चालनमा रहेका बैङ्कहरूले आगामी मङ्सिर महिनाका लागि ब्याजदर घटाएका हुन् । बैङ्कहरूले भोलि अर्थात् मङ्सिर १ गतेदेखि लागू हुने गरी प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार अधिकांशले घटाएका हुन् । मङ्सिरका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.३३१ प्रतिशत र संस्थागत मुद्दती तर्फको ०.३०६६ प्रतिशतले घटाएका हुन् । कात्तिक महिनामा बैङ्कहरूको यस्तो औसत ब्याजदर व्यक्तिगत र…