काठमाडौं । जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको संख्या एक सय ५७ पुगेको छ । हालसम्म प्राप्त विवरणअनुसार भूकम्पमा परी ३७५ जना घाइते भएको गृहमन्त्रालयले जानकारी दिएको छ । गृह मन्त्रालका अनुसार शनिबार साँझसम्म प्राप्त विवरण अनुसार जाजरकोटमा १०५ जनाको मृत्यु भएको हो । ७२ महिला र ३३ पुरुषको मृत्यु भएको छ । यस्तै रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ ।…