सामाजिक सुरक्षा सेवामा राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णय हट्यो
काठमाडौं । आज बसेको मन्त्रीपरिषद् बैठकले सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णयबाट बाट सरकार पछि हटेको छ । सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णय भएकोमा तत्कालका लागि पछि हटेको सरकारकी प्रवत्ता रेखा शर्माले जानकारी दिइन् । सरकारले सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र लागू गरेको थियो ।
सम्पत्ती न्यूज
२८ असार २०८१, बिहीबार