चन्द्रपुर नगरपालिकाको नगर प्रमुखमा कांग्रेसका काफले र उप प्रमुखमा चौधरी बिजयी
काठमाडौं - रौतहटको चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेसका नगर प्रमुख उमेदवार संजय काफले बिजयी भएका छन ।उपप्रमुखमा कांग्रेसकै जयमाला चौधरी निर्वाचित भएकी छन् । चन्द्रपुर नगरपालिकाको नगरप्रमुखमा कांग्रेस उम्मेदवार काफ्लेले ९ हजार १ सय ६३ मत ल्याइ निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार शिवप्रसाद आचार्यलाई २ हजार ६ सय ३९ मतान्तरले पराजित गरेका हुन् ।…
सम्पत्ती न्यूज
६ जेष्ठ २०७९, शुक्रबार