त्रिभुवन विमानस्थलमा बम राखेको भन्दै अज्ञात व्यक्तिको फोन
काठमाडौं-अज्ञात व्यक्तिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखेको भन्दै फोन गरेपछि विमानस्थलमा त्रास फैलिएको छ । विमानस्थलको नम्बरमा कसैले फोन गरेर आन्तरिक टर्मिनलमा बम भएको बताएपछि हंगामा भएको हो । अहिले विमानस्थलमा सेनाको टोली परिचालन गरिएको छ । त्यस्तै, प्रहरी र सशस्त्र प्रहरी पनि खटिएका जनाइएको छ ।
सम्पत्ती न्यूज
२१ बैशाख २०७९, बुधबार