गृहसचिव, आईजी र काठमाडौं सीडीओको स्थानहद फुकुवा
काठमाडौँ । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ । मंगलबार एक पत्र पठाउँदै आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, आईजीपी चन्द्रकुवेर खापुङ र काठमाडौंका सीडीओ छविलाल रिजालको स्थानहद फुकुवा गरेको हो । आयोगका उपसचिव कमलप्रसाद पाण्डेले पठाएको पत्रमा उनीहरूको स्थानहद फुकुवा गरिएको र विदेश भ्रमण गर्न समेत पाउने उल्लेख छ । उनीहरूको बयान सकिएको हुनाले स्थानहद फुकुवा गरिएको हो…
सम्पत्ती न्यूज
८ पुष २०८२, मंगलवार