क्षतिको विवरण सङ्कलन शुरु
तनहुँ । आइतबार परेको भीषण वर्षापछि आएको बाढीपहिरोका कारण जिल्लामा भएको क्षतिको विवरण सङ्कलन शुरु गरिएको छ। जिल्ला प्रशासन कार्यालय तनहुँले सम्बन्धित स्थानीय तहमार्फत क्षतिको विवरण सङ्कलन शुरु गरेको हो । बाढीपहिरोबाट जिल्लामा ठूलो नोक्सानी भएको र त्यसको यकिन तथ्याङ्क लिने काम भइरहेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिनुभयो । प्रजिअ अधिकारीका अनुसार म्याग्दे गाउँपालिकाबाट ६१ घरधुरी विस्थापित भएको…
सम्पत्ती न्यूज
३१ असार २०७७, बुधबार