गएराति चितुवाको आक्रमणबाट १ बालिका घाइते
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा गएराति चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छन्। घाइते हुनेमा १० वर्षीया अमिषा थापा रहेको डिभिजन वन कार्यालयले जनाएको छ। घरको आँगनमा बसिरहेको बेला चितुवाको आक्रमणबाट घाइते भएकी बालिकालाई राति नै उपचारका लागि भरतपुर पठाइएको कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए। उनको घाँटीमा चोट लागेको छ। हजुरबुवा धनबहादुर पन्तको घरमा बसिरहेकी ती बालिका सोही…
सम्पत्ती न्यूज
१८ श्रावण २०७७, आईतवार