ललितपुरमा अक्सिजन प्लान्ट विस्फोट: १ काे मृत्यु ४ घाइते
काठमाडौँ-सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको हो भने चार जना घाइते भएका हुन् । महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले अक्सिजन भर्ने क्रममा एक्कासि विस्फोट भएको जानकारी दिएका छन् । प्रहरीले प्लान्टमा कार्यरत श्रमिकलाई उद्धार गरिरहेको छ ।
सम्पत्ती न्यूज
८ बैशाख २०७९, बिहीबार