८० हजार घुससहित पक्राउ परेका बुढानिलकण्ठका सब-इन्जिनियर र ठेकेदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सब-इन्जिनियर टिकाराज राई र ठेकेदार रामचन्द्र सुनुवारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए बापत सेवाग्राहीसँग घुस लिएको आरोपमा काठमाडौँको बुढानीलकण्ठ नगरपालिकाका तत्कालीन सब(इन्जिनियर राई र ठेकेदार सुनुवारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो । घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए वापत सेवाग्राहीसँग ८० हजार घुस लिइसकेको…
सम्पत्ती न्यूज
२४ पुष २०८०, मंगलवार