पछिल्लो २४ घण्टामा थप १४ जना संक्रमितको मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १४ जना कोरोना भाइरस संक्रमितको ज्यान गएको छ । शुक्रबार कोरोनाका कारण मृत्यु हुनेमा ४ महिला र १० जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् । यो सँगै नेपाममा कोरोना भाइरस महामारीका कारण ज्यान गुमाउनेको संख्या २७१ पुगेको छ ।
सम्पत्ती न्यूज
१९ भाद्र २०७७, शुक्रबार