रामेछापमा पहिरोले पुरिएर एकै घरका तीन जनाको मृत्यु
ठमाडौं । रामेछापको गोकुलगंगामा पहिरोमा पुरिएर एकै घरका तीनजना किशोरीको मृत्यु भएको छ। गोकुलगंगा गाउँपालिका–६ फर्पुमा गएराति पहिरोमा पुरिएर तीन किशोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। स्थानीय बिमा तामाङको घर पहिरोले पुरिँदा उनकी १८ वर्षकी छोरी सता, नातिनीहरु १४ वर्षीया आसिका १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी प्रदीपकुमार सिंहले जानकारी दिए ।
सम्पत्ती न्यूज
११ श्रावण २०८१, शुक्रबार