मन्त्रिपरिषदको निर्णय : दुई सचिवको सरुवा
काठमाडौं । सरकारले दुई जना सचिवलाई सरुवा गरेको छ । मन्त्रिपरिषद्को गत सोमबारको बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयका सचिवको फेरबदल गरेको हो। वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपक खराललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय(पशुपन्छी) मा सरुवा गरिएको छ भने पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रलाई वन तथा वातावरण मन्त्रालयमा ल्याइएको छ।
सम्पत्ती न्यूज
४ बैशाख २०८२, बिहीबार