ललितपुर महानगरका शिक्षा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
ललितपुर महानगरपालिकाको शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत (सातौं तह) शेषकान्त पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। पौडेले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले पौडेललाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। थप छानबिन गरेर अख्तियारले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर…
सम्पत्ती न्यूज
२० बैशाख २०८०, बुधबार