कार्कीको अध्यक्षतामा मिटरब्याज जाँचबुझ आयोग गठन
काठमाडौँ । सरकारले उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्कीको अध्यक्षतामा मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग गठन गरेको छ । पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा तीन सदस्यीय आयोग गठन भएको हो । अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न बनेको आयोगमा पूर्व एआईजी पुस्कर कार्की र सञ्जिव मिश्र सदस्य छन् । सरकारले यसअघि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग बनाएको थियो ।…
सम्पत्ती न्यूज
९ चैत्र २०८०, शुक्रबार