उपत्यकामा थप ३ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । उपत्यकामा मंगलबार थप ३ सय ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ३ सय, ललितपुरका ३८ तथा भक्तपुरका ५८ जनामा संक्रमण पुष्टि भएको हो।
सम्पत्ती न्यूज
२३ भाद्र २०७७, मंगलवार