रास्वपा संसदीय दलको बैठक बस्दै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ । बैठकमा संसदको हिउँदे अधिवेशनमा पार्टीका सांसदहरूको प्रस्तुति, एजेन्डा र प्राथमिकताबारे छलफल हुने रास्वपाका नेताहरूले बताएका छन्। संसद्को हिउँदे अधिवेशन माघ १८ गतेदेखि सुरु हुँदैछ।
सम्पत्ती न्यूज
१६ माघ २०८१, बुधबार