मुस्ताङमा हिम पहिरो
काठमाडौं । मुस्ताङमा हिम पहिरोका कारण थासाङ गाउँपालिका वडा नं २ स्थित बोक्सिखोला थुनिएको छ । पहिरोका कारण बोक्सिखोलाको ८० प्रतिशत बहाव रोकिदिएको मुस्ताङका डीएसपी भोजराज पाण्डेयले बताए । पहिरोले रोकेको पानीका कारण ठुलो ताल नबनेको तर, पहिरोमा पानी सोसिएर बसेको छ । नदी रोकिएको ठाउँभन्दा तल रहेका ९ घर परिवारलाई त्यहाँबाट सुरक्षित स्थलमा सारिएको डीएसपी पाण्डेले बताए ।
सम्पत्ती न्यूज
७ भाद्र २०८१, शुक्रबार