भारतमा ४ नेपालीको पहिरोमा परेर मृत्यु
काठमाडौं । भारत केदारनाथ नजिकै फाटा भन्ने स्थानमा पहिरोमा परी ४ जना नेपालीको मृत्यु भएको छ । गएराति घरभित्रै सुतिरहेका बेला आएको पहिरोमा परी नेपाली कामदारको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । उत्तराखण्ड राज्यको रुद्रप्रयाग प्रहरीका अनुसार पहिरोमा परी मृत्य हुनेमा तुल बहादुर, पुरन, कृष्ण परीयार र दिपक बोहोरा रहेका छन् । उनीहरुको पुणर् विवरण भने अझै खुलिसकेको छैन…
सम्पत्ती न्यूज
७ भाद्र २०८१, शुक्रबार