नेपाल प्रहरीका ६४ जना वरिष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस
काठमाडौँ । नेपाल प्रहरीका ६४ जना वरिष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस भएका छन् । मङ्गलवार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फ ६४ प्रहरी वरिष्ठ नायव निरीक्षकलाई बढुवाका लागि सिफारिस गरेको हो । प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) बमोजिम बढुवा सूची प्रकाशन गरिएको कार्यालयले जानकारी दिएको छ । police-badhuwaDownload
सम्पत्ती न्यूज
२ जेष्ठ २०८१, बुधबार