नेपाली कांग्रेसको महोत्तरी जिल्ला सभापति पदमा नागेश्वर यादव विजयी हुनुभएको छ । शनिबार घोषित मतपरिणामानुसार उहाँलाई दोस्रो मत प्राप्त गर्ने सुशीलकुमार यादवले समर्थन जनाउनुभएको थियो । विजयी नागेश्वरले कूल खसेको दुई हजार १३९ मतमध्ये एक हजार ११ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । दोस्रो मत पाउने सुशीलकुमारले ७७९ र अर्का उमेदवार बजरङ्ग नेपालीले ३०६ मत प्राप्त गर्नुभएको थियो…