कलाकार सागर लम्साल ‘बले’ पक्राउ
काठमाडौं । कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । बूढानीलकण्ठबाट उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । लम्सालमाथि बलात्कारको गम्भीर आरोप लागेको छ। अमेरिकामा बसोबास गर्दै आएकी एक युवतीले उनीमाथि बलात्कारको आरोप लगाएकी थिइन्। सोही आरोपमा अनुसन्धान गर्नका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ।
सम्पत्ती न्यूज
२१ चैत्र २०८२, शनिबार