१८ महिनाअघि त्रिशूलीमा खसेको बसको अवशेष भेटियो, सिमलतालमा हराएको बस हुन सक्ने आशंका
काठमाडौँ । १८ महिनाअघि मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष आज (आइतबार) फेला परेको छ। भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित सडकबाट गत वर्ष नदीमा खसेका दुई मध्ये एउटा बस हुन सक्ने आशंका गरिएको छ । नदीमा बेपत्ता भएको ठाउँबाट २०० मिटरनजिक तनहुँतर्फ बसको अवशेष फेला परेको हो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार,…
सम्पत्ती न्यूज
२७ पुष २०८२, आईतवार