मोदीको जन्मदिनमा प्रधानमन्त्री ओलीद्धारा शुभकामना
काठमाडौ । प्रधानमन्त्री केपीशर्मा ओलीले आज पर्न गएको भारतीय समकक्षी नरेन्द्र मोदीलाई ७० औँ जन्मदिनको अवसरमा शुभकामना दिएका छन्। प्रधानमन्त्री ओलीले बिहीबार बिहान ट्वीटरमार्फत् शुभकामना दिएका हुन्। ‘तपाईँको जन्मदिनको शुभ अवसरमा सु–स्वास्थ्य र खुसीको कामना गर्दछु’, प्रधानमन्त्रीले ओलीले भनेका छन्, ‘हामी दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन निरन्तर लाग्नेछौँ।’ भारतीय प्रधानमन्त्री मोदी १७ सेप्टेम्बर सन् १९५० मा गुजरातमा जन्मिएका थिए।…
सम्पत्ती न्यूज
१ आश्विन २०७७, बिहीबार