काठमाडौं । दक्षिण अफ्रिकाविरुद्धको जारी टेष्टमा न्यूजील्याण्डबाट रचिन रविन्द्रले दोहोरो शतक बनाएका छन् । दक्षिण अफ्रिकाविरुद्धको जारी टेष्टमा २४० रन बनाएका रविन्द्रले न्यूजील्याण्डबाट डेभ्यु शतक बनाउने क्रममा धेरै रन बनाउने कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भएका छन्। यस अघि आफ्नो डेभ्यु टेष्ट शतक बनाउने क्रममा १९९९ मा म्याथ्यू सिनक्लेयरले २१४ रन बनाएका थिए। यो कीर्तिमान अब रविन्द्रको नाममा गएको छ।…