चीनद्वारा ११ अमेरिकीमाथि प्रतिबन्ध
काठमाडौँ। चीनले अमेरिकी सिनेटरहरु मार्को रुबिओ र टेड क्रुज समेतका ११ जना प्रभावशाली अमेरिकी नागरिक विरुद्ध प्रतिबन्धहरुको घोषणा गरेको छ। हङकङ मामिलासँग जोडिएको भन्दै अमेरिकाले चिनियाँ अधिकारीमाथि प्रतिबन्धहरु घोषणा गरेको विरोधमा चीनले उक्त घोषणा गरेको जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा हङकङसँग सम्बन्धित मामिलामा केही मानिसले नराम्रो व्यवहार गरेकाले प्रतिबन्धहरु लगाउनु परेको…
सम्पत्ती न्यूज
२६ श्रावण २०७७, सोमबार