म्याद सकिएको पानी बेच्दा भाटभटेनीलाई ३ लाख जरिवाना
काठमाडौँ । भाटभटेनी सुपर मार्केटलाई म्याद सकिएको पानी बेचेको कसुरमा ३ लाख रूपैयाँ जरिवाना गरिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भाटभटेनीलाई म्याद सकिएको पानी बेचेको कसुरमा ३ लाख रूपैयाँ जरिवाना गरेको हो। शुक्रबार विभागले भाटभटेनीमा अनुगमन गरेको थियो। अनुगमनमा त्रुटि आईएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गरेको विभागले बताएको छ।
सम्पत्ती न्यूज
९ श्रावण २०७७, शुक्रबार