image

निर्मला हत्या प्रकरण मुद्दा खेपिरहेका प्रहरी उपरीक्षकसहित आठ प्रहरीलाई सफाइ

काठमाडौँ। कञ्चनपुरको भीमदत्तनगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा सार्वजनिक न्याय विरुद्धको कसुर र यातना मुद्दा खेपेका प्रहरी उपरीक्षकसहित आठ जना प्रहरीले आज सफाइ पाएका छन्। जिल्ला अदालत कञ्चनपुरका न्यायधीश गोपालप्रसाद बाँस्तोलाको एकल इजलासले तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक डिल्लीराज विष्ट ९हाल बर्खास्त० सहित आरोपित आठ प्रहरी अधिकृत तथा कर्मचारीलाई सफाइ दिएको हो। जिल्ला अदालत…

सम्पत्ती न्यूज
१५ श्रावण २०७७, बिहीबार