देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला
काठमाडौं । देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । दाङको राप्ती नदी किनारमा लमही नगरपालिका–४ का ५८ वर्षीय ईश्वर चौधरीको शव आइतबार फेला परेको हो। मोरङको रतुवा खोलामा र झापाको मेची खोलामा अन्दाजी ४० वर्षीय दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्, उनीहरूको परिचय खुलेको छैन। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
सम्पत्ती न्यूज
३० भाद्र २०८२, सोमबार