विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त राखौँ : शिक्षामन्त्री पोखरेल
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा पूर्वाञ्चल विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयहरूलाई राजनीतिक दलको प्रभावबाट मुक्त राख्नुपर्ने आवश्यकता औँल्याएका छन्। मोरङको सुन्दरहरैँचास्थित गोठगाउँमा मंगलबार आयोजित पूर्वाञ्चल विश्वविद्यालयको १४औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले शैक्षिक संस्थामा दलीय हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारे। राजनीति समाज निर्माणका लागि आवश्यक भए पनि यसको प्रयोग उचित क्षेत्र र सन्दर्भमा सीमित हुनुपर्ने उनको भनाइ थियो।…
सम्पत्ती न्यूज
८ बैशाख २०८३, मंगलवार