तीनकुने क्षेत्रमा केहीबेरमा कर्फ्यु लाग्दै
काठमाडौं । तीनकुनेमा रहेका राजावादी प्रदर्शनकारीलाई सुरक्षाकर्मीले अब केही बेरमा कर्फ्यु लाग्ने सूचना दिएका छन् । भर्खरै माइकिङ गर्दै प्रहरीले उक्त सूचना दिएका हुन् । घरमा लागेको आगो निभाउन गएको दमकललाई पनि प्रदर्शनकारीले ढुंगा हानेपछि प्रहरीले पछि हवाई फायर गरेको हो । तीनकुनेमा राजावादी प्रदर्शनकारी अराजक बन्दै जाँदा सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ । आगजनी नियन्त्रणमा आइसकेको छ…
सम्पत्ती न्यूज
१४ चैत्र २०८१, शुक्रबार