राष्ट्र बैंकको प्रवक्तामा डा.गुणाकर भट्ट नियुक्त
काठमाडौँ-नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा.गुणाकर भट्ट नियुक्त भएका छन् । यसअघि पनि प्रवक्ताको जिम्मेवारी पाईसकेका डा.भट्टलाई गभर्नर कार्यालयले पुनः प्रवक्ताको जिम्मेवारी दिएको हो । प्रवक्ता भट्टले आज अर्थात् पुस १ गतेदेखि प्रवक्ताको जिम्मेवारी सम्हाल्दैछन् । अर्थशास्त्रमा विद्यावारिधि गरेका डा.भट्ट हाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रहेका छन् ।
सम्पत्ती न्यूज
१ पुष २०७८, बिहीबार