भाइटीकाको उत्तम साइत ११ बजेर ३९ मिनेटमा
काठमाडौँ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहान ११ बजेर ३९ मिनेटमा रहेको जनाएको छ। राज्य सञ्चालकले साइतमै टीका लगाउनुपर्ने र साइत नहेर्नेका लागि भने बिहानदेखि मध्याह्नसम्म कुनै बाधा नरहेको समितिले जानकारी दिएको छ। तिहार अर्थात् यमपञ्चक पर्व कात्तिक १ गते शनिबारदेखि शुरु हुँदैछ।…
सम्पत्ती न्यूज
२८ आश्विन २०८२, मंगलवार