रामपुर (पाल्पा), । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको बताएका छन् । आज तानसेन महोत्सवको उद्घाटनका अवसरमा मन्त्री गुरुङले भ्रष्टाचारीलाई कारबाही नगरेसम्म मुलुक समृद्धिको बाटोमा अगाडि बढ्न नसक्ने भन्दै भ्रष्टाचार गर्नेलाई कानुनसम्मत कारबाही गरिने बताए । उनले भ्रष्टाचार नहटेसम्म मुलुकमा सुशासन तथा समृद्धि नहुने पनि उल्लेख गरे । भ्रष्टाचार अन्त्यका लागि वडाअध्यक्षदेखि मन्त्रीसम्मका सबैको…