काठमाडौंबाट स्रोत नखुलेको ३९ लाख नगदसहित एक जना पक्राउ
काठमाडौँ । काठमाडौंबाट स्रोत नखुलेको ३९ लाख नगदसहित एक जना पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका-२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद ३९ लाख ७५ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालले जानकारी दिए। पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-१५ घर भई काठमाडौंको टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठ छन्। उनलाई आइतबार दिउँसो साढे ४ पक्राउ गरेको…
सम्पत्ती न्यूज
१४ माघ २०८१, सोमबार