उपत्यकामा आज संक्रमितको संख्या ५ सयको नजिक
काठमाडौँ । काठमाडौं उपत्यका बुधबार थप ४६४ जनामा कोरोना भाइरस पुष्टि भएको छ। जसमा काठमाडौंका ३९४, ललितपुरका ३४ र भक्तपुरका ३६ संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै काठमाडौंमा संक्रमितको संख्या ७ हजार ६११ पुगेको छ। ललितपुरमा एक हजार ११ र भक्तपुरमा ८१८ पुगेको छ।
सम्पत्ती न्यूज
२४ भाद्र २०७७, बुधबार