बीपी राजमार्ग पुन:निर्माणबारे चासो, बर्खा लाग्नुअघि नै काम सक्न कुलमानको निर्देशन
काठमाडौं । लगातार दुई वर्षको बाढीपहिरोले क्षतिग्रस्त बनेको बीपी राजमार्गको पुनर्निर्माण तीव्र गतिमा अघि बढेको छ। रोशी नदीमा आएको बाढीका कारण काभ्रेपलाञ्चोक–सिन्धुली खण्डको करिब २८ किलोमिटर सडक जोखिमपूर्ण बनेपछि सरकारले पुनर्निर्माणलाई उच्च प्रथमिकतामा राखेको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार त्यस क्षेत्रको स्थलगत अनुगमन गरी सडक पुनर्निर्माणका विषयमा जानकारी लिएका छन्…
सम्पत्ती न्यूज
२० मंसिर २०८२, शुक्रबार