रवि लामिछानेलाई सोधपुछका लागि सहकारी छानविन समितिले बोलायो
काठमाडौं । पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारीको विषयमा छानविन गर्न वनेको विशेष छानविनसमितिले सोधपुछका लागि बोलाएको छ , समिति संयोजक सूर्य थापाका अनुसार पूर्वगृहमन्त्री लामिछानेलाई भोलि शुक्रबार (७ भदौ) मा सोधपुछका लागि बोलाइएको हो । लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रा.लि. को प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको हो । समितिले लामिछानेलाई दिउँसो २ बजे सोधपुछमा बोलाएको छ ।
सम्पत्ती न्यूज
६ भाद्र २०८१, बिहीबार