काठमाडौँ। बंगलादेशमा गत वर्ष जुलाई–अगस्टमा भएको विद्रोहको क्रममा भएको मानवता विरुद्धको अपराधको लागि अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ। न्यायाधीश मोहम्मद गोलाम मोर्तुजा मजुमदारको अध्यक्षतामा रहेको तीन सदस्यीय अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण–१ ले सोमबार फैसला सुनाएको हो। न्यायाधिकरणका अन्य दुई सदस्यहरूमा न्यायाधीश मोहम्मद शफिउल आलम महमूद र न्यायाधीश मोहितुल हक इनाम चौधरी छन्। फैसला सुनाइँदा वकिलहरूका…