कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो
काठमाडौं । सप्तकोशीमा जलसहत बढ्दै गएपछि कोशी व्यारेजका सबै ढोका खोलिएको छ । कोशी ब्यारेजमा ३ लाख ६८ हजार क्युसेक पानी मापन गरिएको छ । सप्तकोशी जलमापन केन्द्रमा जलसतह खतराको संकेत पार गरेका कारण ५६ वटा ढोका खोलिएको हो । यहाँ उच्च सतर्कता बढाइएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको । नदी आसपासका बासिन्दालाई शतर्क रहन प्रशासनले आग्रह गरेको छ ।
सम्पत्ती न्यूज
२४ असार २०८१, आईतवार