इदको अवसरमा यूएईले दियो १६६ जना नेपालीलाई आममाफी
काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)ले पवित्र रमजान महिना र इद पर्वको अवसरमा ११६ जना नेपाली कैदीलाई आममाफी दिएको छ । “पवित्र रमजान महिना र इदको पर्वको अवसरमा १६६ नेपाली कैदीलाई आममाफी प्रदान गरिएकामा नेपाल सरकार संयुक्त अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछ,” मंगलबार परराष्ट्रले एक विज्ञप्तिमार्फत भनेको छ । नेपालीलाई यूएईले दिएको आममाफीलाई नेपालले उच्च मूल्यांकन गरेको परराष्ट्रले जनाएको छ…
सम्पत्ती न्यूज
१८ चैत्र २०८१, मंगलवार