मन्त्री घिसिङले दिए राजीनामा
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले राजीनामा दिएका छन् । भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयसमेत सम्हालेका मन्त्री घिसिङले बुधबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पत्र बुझाएका हुन् । बालुवाटारबाट फर्केपछि ऊर्जा मन्त्रालयमा उनले पत्रकार सम्मेलन गरेर राजीनामा बारे आफ्नो धारणा सार्वजनिक गर्ने छन् ।
सम्पत्ती न्यूज
२३ पुष २०८२, बुधबार