एकै पटक ७० जना सहसचिवको सरुवा गर्ने तयारीमा सरकार
काठमाडौं । सरकारले ७० भन्दा बढी सहसचिवहरुको सरुवा गर्ने तयारी गरेको बुझिएको छ । सरकारले २१ सचिवहरुको सरुवा गरिसकेसँगै अब सहसचिवहरुको सरुवाको प्रक्रिया अगाडि बढाएको छ । सरकारले एकैसाथ ७० भन्दा बढी सहसचिवहरुको अन्तरमन्त्रालय र अन्तरनिकायगत सरुवा गर्ने तयारी गरेको छ । आज मन्त्रिपरिषदको बैठक बस्दैछ । सोहि बैठकबाट उनीहरुको सरुवाको तयारीको निर्णय गर्ने तयारी भइरहेको स्रोतले बताएको छ ।…
सम्पत्ती न्यूज
२८ श्रावण २०८१, सोमबार